काठमाडौं – विश्व प्रसिद्ध कम्पनी साओमीले आफ्नो उत्पादनमा क्रान्तिकारी फड्को मार्दै उच्चतम प्रविधियुक्त रेडमी सिरिज अन्तर्गतको रेडमी नोट ७ र रेडमी ७ एकसाथ बजारमा ल्याएको छ ।


ADVERTISEMENT


रेडमी नोट ७ मा ४८ मेगापिक्सलको रियर क्यामेरा र उच्च स्तरको ग्लास, क्वालकोम स्न्यापड्रागन ६६०, कम उज्यालोमा पनि उत्कृष्ट तस्बिर खिच्ने लगायतका विशेषता रहेका छन् । मोबाइलको ब्याट्री क्षमता पनि मजबुत र टिकाउयुक्त रहेको कम्पनीको भनाइ छ ।


ADVERTISEMENT

# # #


स्पेस ब्ल्याक्, नेप्चुन ब्लू र नेबुला रातो रंङमा उपलब्ध छ । ३ जीबी, ३२ जीबीको २१ हजार ९ सय ९९ रुपैयाँ, ४ जिबी, ६४ जीबीको २४ हजार ९ सय ९९ रुपैयाँ र ४ जीबी, १२८ जीबीको २६ हजार ९ सय ९९ रुपैयाँ बजार प्रवर्द्धन मूल्य रहेको कम्पनीले जनाएको छ

यस्तै रेडमी ७ न्यून मूल्यमा उच्च कार्य वहन क्षमता भएको फोन हरेको कम्पनीको दाबी छ । जसमा, क्वालकोम स्न्यापड्र«ागन ६३२, डट ड्रप डिजाइन, अत्तिरिक्त टिकाउ, ब्याट्री क्षमता र उच्च ध्वानी क्षमता रहेको छ । रेडमी ७ २ जिबि १६ जीबीको १४हजार ९ सय ९९, ३ जीबी, ३२ जीबीको हजार ९ सय ९९ रुपैयाँ बजार प्रवर्द्धन मूल्य रहेको छ ।

नेपालको लागि साओमीको तर्फबाट कन्ट्री जनेसर म्यानेजर शौरभ कौठारी भन्छन्, “रेडमी नोट ७ र रेडमी ७ ले यहा“को ग्राहकवर्ग र प्रशंसकहरुको ध्यानलाई मध्यनजर गरि उत्कृष्ट गुणस्तर, उचित मूल्य र असाधारण प्रविधियुक्त टेक्नोलोजी अपनाएको छ ।”