नयाँ दिल्ली – लोकसभा चुनावको लागि भारतीय जनता पार्टीले आफ्नो घोषणा पत्र जारी गरेको छ। सोमबार गृहमन्त्री राजनाथ सिंहले पार्टीको घोषणापत्र जारी गरे।


ADVERTISEMENT


कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा पत्र तीन कुरामा आधारित रहेको बताए। ‘राष्ट्रवाद हाम्रो प्रेरणा हो । सुशासन हाम्रो मन्त्र हो’, मोदीले भने।


ADVERTISEMENT

# # #


उनले छुट्टै जल शक्ति मन्त्रालय बनाउने, माझीहरुको सशक्तिकरणको लागि काम गर्ने प्रष्ट्याए। ‘आज देशका केही प्रदेशमा पानीको समस्याको समाधानका लागि गम्भिरताका साथ सोच्च जरुरी छ। यसको लागि हामी छुट्टै ‘जल शक्ति मन्त्रालय’ बनाउँछौं।’ अवका दिनमा घरेक घर घरमा पानीको धारा पुग्ने उनले बताए।

विजेपीले आफ्नो घोषणा पत्रलाई ‘संकल्प पत्र’ को नाम दिएको छ। अमित शाहको अध्यक्षतामा जारी गरिएको घोषणा पत्रमा भाजपाले राष्ट्रवादलाई उसको सरकारले प्राथमिकता दिने दावी गरेको छ।