बुटवल – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ८ स्थित नुवाकोट लात्तेबाजमा सोमबार भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । लु १ ज १२२९ नम्बरको जीप दुर्घटना हुँदा घटनास्थलमा २ जनाको र एक जनाको जिल्ला अस्पताल सन्धीखर्कमा गरी ३ जनाको मृत्यू भएको प्रहरीले जानकारी दिएको छ ।


ADVERTISEMENT


मृत्यू हुनेमा प्युठानको ऐरावति गाउँपालिकाकी १४ वर्षिय मोनिका आचार्य, ऐरावतीकै ५२ वर्षिय धनबहादुर राना र सन्धिखर्क नगरपालिका डिर्भनाका ३ वर्षका प्रिन्स श्रेष्ठ रहेका छन् ।


ADVERTISEMENT

# # #


सदरमुकाम सन्धिखर्कबाट प्युठानको बरौलाका लागि छुटेको गाडी दिउँसो करिब पौने दुई बजे दुर्घटना भएको थियो । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

घाईते ९ जनालाई बुटबल रिफर गरिएको छ । दुर्घटनापछि गाडी चालक फरार रहेको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तस्बिर : विपिन पन्थीको फेसबुकबाट