काठमाडौं – उद्यागपति दिवाकर गोल्छाको ६७ वर्षको उमेरमा निधन भएको छ । प्रसिद्ध व्यापारिक घराना गोल्छा अर्गनाइजेसनका अग्रणी दिवाकरको उपचारका क्रममा भारतको चन्नईमा निधन भएको हो ।


ADVERTISEMENT


पूर्वसभासद तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत रहिसकेका गोल्छा केही समयदेखि मृर्गौलाका रोगी थिए । मिर्गौला प्रत्यारोपण गरेको दुई सातापछि नै उनको निधन भएको हो । ६७ वर्षीय गोल्छा पहिलो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सभासद बनेका थिए ।


ADVERTISEMENT

# # #


उनी नेपाल वाणिज्य महासंघका वर्तमान प्रथम उपाध्यक्ष शेखर गोल्छाका दाजु हुन्। गोल्छा अर्गनाइजेशनको औद्योगिकरणमा उनको भूमिका अग्रणी रहेको थियो । गोल्छा अर्गनाइजेशनले अहिले हुलास वायर, हुलास खाद्यान्न, श्रीराम सुगर मिल, हुलास जस्तापाता जस्ता दर्जनौँ उद्योग चलाइरहेको छ ।

गोल्छाको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।