काठमाडौँ – धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको सहयोगार्थ दुबईमा धुर्मुस–सुन्तली साँझ हुने भएको छ ।


ADVERTISEMENT


फाउण्डेसनका अध्यक्षसमेत रहेका सिताराम कट्टेल ‘धुर्मस’ले चितवन समाजको संयोजन तथा दुबईस्थित विभिन्न संघसंस्थाहरुको आयोजनामा वैशाख १३ (अप्रिल २६ तारिख)गते उक्त कार्यक्रम हुन लागेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


ग्राण्ड एक्सेलसियर होटल, बर दुबईमा हुने उक्त कार्यक्रममा धुर्मुस–सुन्तलीका सामथै विभिन्न कलाकारको उपस्थिती समेत हुने छ । गायिका मेलिना राई, गायक पुष्पन प्रधानले समेत आफ्नो प्रस्तुती दिने धुर्मुसले बताए ।