काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालप्रति पर्यटकको सकारात्मक दृष्टिकोण बनाउन विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनु पर्ने बताएका छन् । नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितीको तेस्रो बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले विमानस्थलका कर्मचारीले विदेशी पर्यटकलाई अनावश्यक सोधखोज गर्ने, नियम कानुन भन्दा बाहिर गएर व्यावहार गर्ने गर्दा पर्यटकहरुले नेपालप्रतिको सोचाइ सकारात्मक बनाउन नसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।


ADVERTISEMENT

# # #


“सबैभन्दा पहिला एयरपोर्टका अधिकृतहरुलाई तालिम दिनु पर्दछ । उनीहरुलाई दम्भ छोड भन्नुपर्छ ” प्रधानमन्त्री ओलीले भने “देशको इमेज बिग्रने गरी पर्यटकसँग व्यवहार गर्नु भएन । एयरपोर्टमा त नेपालको बारेमा सकारात्मक सन्देश दिएर स्वागत गर्ने हो ।”

प्रधानमन्त्री ओलीले भ्रमण बर्षको तयारीका लागि सबै क्षेत्रलाई जुट्न निर्देशन दिए। प्रधानमन्त्री ओलीले सन् २०१९ भरीमा ट्राफिक व्यवस्थापन गरिसक्न,सडक सफा गर्न ,होटल तथा अन्य पयर्टक आउजाउ गर्ने क्षेत्रका मानिसहरुलाई पर्यटक मैत्री व्यवहार गर्न सिकाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “भ्रमण वर्ष भव्यताका साथ सफल पार्नु पर्दछ ” प्रधानमन्त्री ओलीले भने “यसका लागि सबैले जुट्नु पर्दछ ।”