काठमाडौँ –  सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारी जग्गा हडपेको भेटिए कसैलाई नछोड् बताएका छन् ।


ADVERTISEMENT


बिहीबार मन्त्रालयमा सोमबार बसेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सरकारले सरकारी जग्गा घोटालामा सरकारले छाबिन गरिरहेको र दोषी भेटिए जो कसैलाई नछाड्ने बताए ।


ADVERTISEMENT

# # #


सञ्चारमाध्याममा यसअघि प्रधानमन्त्री निवासको क्षेत्रमा रहेको सरकारी जग्गा बालुवाटार व्यक्तिका नाममा दर्ता भएको सार्वजनिक भएको थियो । जसमा नेकपाका महासचिव विष्णु पौडेललाई समेत जोडिएको थियो ।

सम्बन्धित समाचार : बालुवाटारको सरकारी जग्गा घोटाला प्रकरण : नेकपा महासचिव पौडेलले मुख खोले

‘सरकारी जग्गा यदि कसैले आफ्नो नाममा राखेको रहेछ भने छानबिन गरी जुनसुकै हालतमा फिर्ता ल्याइन्छ ।’ मन्त्री बाँस्कोटाले भने, ‘जहाँसम्म सत्तारुढ दलका महासचिव जोडिएको कुरा छ, मलाई लाग्छ उहाँले एउटा वक्तव्य जारी गरिसक्नु भएको छ । सरकारी सम्पत्तिको रक्षा गर्ने दायित्व सरकारको हो । यसमा सत्तारुढ भन्नुस् वा प्रतिपक्षी भन्नुस् दोषी देखिन्छ भने कोही पनि उम्किँदैन ।’

महासचिव पौडेलले सरकारी जग्गा हडप्ने नभई उल्टै गठीमा परेको मन्त्री बाँस्कोटाले बताए ।  ‘उहाँ फर्जीधन्दामा संलग्न भएको होइन । उहाँले त अरु कसैले आफ्नो नाममा पारिसकेको जग्गा किनेको भन्नु भएको छ । यस हिसाबले उहाँ त ठगीमा पर्नुभयो । उहाँले त ठगीमा परेको कारण क्षतीपूर्ति पाउनुपर्छ । ’ उनले भने, ‘फर्जी कागज बनाएर जसको हातमा पहिले जग्गा आयो, त्यसैलाई दोषी ठहर्याउने हो ।’