काठमाडौँ – सरकारले पाँच वटा क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिपायलमा रहेका कार्यालय खारेज गरेको हो।


ADVERTISEMENT


सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संघीयता कार्यान्वमा आएको र ती कार्यालयका सम्पत्तिहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत हस्तान्तरण गर्ने निर्णय भएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले ती कार्यालय अन्तर्गत रहेका सम्पूर्ण स्रोत साधान, चलअचल सम्पत्तिहरु, अभिलेखहरु सम्बन्धित प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा हस्तान्तरण गरिने बताए ।