काठमाडौँ – मलेसियामा आजदेखि सुरु भएको यू–१९ विश्वकप एसिया छनोट क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनको विशाल अन्तरले पराजित गरेको हो ।


ADVERTISEMENT


क्वालालम्पुरस्थित सिलेंगर टर्फ क्लब मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । रोहितको कप्तानी इनिङ खेलेसंगै नेपालले ४६ ओभरमा सबै विकेट गुमाउँदै २८२ रनको विशाल स्कोर खडा गरेको थियो । २८३ रनको चनौति पच्छ्याएको सिंगापुरले ३१ ओभरमा ६१ रन बनाउँदा सबै विकृट गुमायो ।


ADVERTISEMENT

# # #


उसका लागि इशान शनीले सर्वाधिक २८ रन बनाए । यस्तै हर्ष भेनुगोपालले १८ रन जोड्दा अन्यले दोहोरो अंक छुन सकेनन् । पिसंगापुरलाई सस्तैमा समेट्नका लागि पवन सर्राफले उत्कृष्ट बलिङ गरे । ६ ओभर बलिङ गरेका उनले ५ मेडेन ओभर फाल्दा ५ रन मात्र खर्चिएर ३ विकेट चट्काए ।
यस्तै सूर्य तामाङ र कुशल मल्लले पनि राम्रो बलिङ गरे । उनीहरुले समान २-२ विकेट लिए । राशिद खानका नाममा १ विकेट रह्यो ।यसअघि नेपालका लागि कप्तान रोहितले इनिङ उकासे । उनी शतक बनाउनबाट ५ रनले चुके । उनी ९५ रन बनाएर आउट भएका हुन् । यसक्रममा उनले १०५ बलमा ७ चौका र एक छक्का ठोके ।

तेस्रो नम्बरमा ब्याटिङमा आएका उनले तेस्रो विकेटका लागि पवन सर्राफसंग ९० रनको साझेदारी गरे । पवन ५३ बलमा ४७ रन बनाएर आउट भए । उनी तीन रनले अर्धशतक बनाउनबाट चुके ।

शतक बनाउन ५ रनले चुके कप्तान रोहित पौडेल, सिंगापुरविरुद्ध शानदार ब्याटिङ

यस्तै भीम सार्कीसंग पाँचौ विकेटका लागि ३९ रनको साझेदारी गरेका रोहितले सातौँ विकेटका लागि राशिद खानसंग महत्वपूर्ण ७५ रनको साझेदारी गरे । राशिद खानले ४७ बलमा ४८ रन बनाए । यसक्रममा उनले ४ चौका र दुई छक्का प्रहार गरे ।

कमलसिंह ऐरीले १८ बलमा ३१ रन जोडे । उनले ३ छक्का र चौका प्रहार गरे ।

सिंगापुरका लागि अथर्व गुनेले सर्वाधिक चार विकेट लिएका छन् । यसैगरी राउल शर्माले २, विनित मेहताले २ र प्रमेश सांघवीले एक विकेट लिए । नेपालले एक विकेट रन आउटका रुपमा गुमाएको थियो ।

नेपालले भोलि प्रतियोगिताको अर्को दाबेदार मानिएको युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध खेल्दैछ ।