काठमाडौं – के एल डुगर ग्रुप अन्तर्गतको स्मार्ट एपलायन्सेस् कम्पनीले स्काइवर्थ ग्राण्ड ७६ स्किम ल्याएको छ । नयाँ वर्ष २०७६ को अवसर पारेर स्काईवर्थले “नयाँ वर्ष दमदार बनाऔँ, स्काईवर्थ डिस्काउन्टको लाभ उठाऔँ” नारा सहित योजना सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


कम्पनीले स्काईवर्थ टिभीका एआई टिभी, एन्ड्रोईड टिभी, एन्ड्रोईड स्मार्ट टिभी र एलईडी टिभीमा ३०५ सम्मको छुट दिने भएको छ । स्काईवर्थका टिभीहरु २४ इन्चदेखि ६५ इन्चसम्मको स्क्रीनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


स्मार्ट एपलायन्सेस्ले गुगल एन्ड्रोईड टिभीको नविनतम एन्ड्रोईड ओरियो ८.१ सिस्टम प्रदान गर्दछ । यस टिभीमा उत्कृष्ट विशेषता भएको गुगल एसिस्टेन्ट र क्रोमकास्ट छ जसले प्रयोगकर्ताको आवाजलाई स्मार्ट एन्ड्रोईड रिमोटको माध्यमबाट नियन्त्रण गर्नुका साथै एन्ड्रोईड स्मार्टफोनलाई टिभीसँग सिङ्गक्रोनाइज गर्छ । यस टिभीमा भएको इन–बियुल्ट प्ले स्टोर एपले टिभीमै आफ्नो रोजाइका एप डाउनलोड गर्न मद्दत गर्छ ।

स्काईवर्थ टेलिभिजन सेगमेन्टको विश्वमै उत्कृष्ट ब्राण्ड हो । टेलिभिजन बाहेक स्काईवर्थले कयौँ दशकदेखि विश्वव्यापी रुपमा विभिन्न उत्पादन जस्तै वासिङ्ग मेसिन, फ्रिज, माइक्रोवेभ ओभन्, चेस्ट फ्रिजर, राइस कुकर लगायतका उत्पादनहरु विक्रि वितरण गर्दै आइरहेको छ ।