काठमाडौँ – १२ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल)मा नेपाली युवा सन्दीप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्सले कोलकत्ता नाइटराइडर्सको सामना गर्दैछ ।


ADVERTISEMENT


दिल्ली क्यापिटल्सविरुद्ध दुई पटकको आइपीएल च्याम्पिियन कोलकत्ता आफ्नो पछिल्लो हारको बदला लिन चाहन्छ । यसअघि दिल्लीले घरेलू मैदान फिरोज शाह कोट्लामा कोलकत्तालाई सुपर ओभरमा पराजित गरेको थियो । त्यही हारको हिसाबकिताब गर्न कोलकोत्तालाई आज घरेलू मैदान र दर्शकको साथ रहेको छ ।


ADVERTISEMENT

# # #


यता दिल्ली पनि सुपर ओभरको जितजस्तै फेरि कोलकत्तालाई स्तब्ध बनाउन चाहन्छ । तर, उसका लागि त्यति सहज छैन । किनकी कोलकोत्तामा आन्द्रे रसेल छन् । जो अहिले आफ्नो आइपएिल करियरकै उत्कृष्ट लयमा छन् ।

यता दिल्लीलाई सुपर ओभरमा जित दिलाएका कागिसो रबाडामा पनि लयमा छन् । त्यसकारण आजको खेलमा कागिसो रबाडा र आन्द्रे रसेलबीच कडा टक्कर हुने पक्का छ ।

सन्दीप पर्लान्  ?

सुरुवाती दुई खेलमा बेन्चमा बसेपनि त्यसपछि लगातार अन्तिम ११ मा स्थान बनाउँदै आएका नेपाली स्पिनर सन्दीप लामिछानेको आजको सम्भावना न्यून रहेको छ । सन्दीप यसअघि विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर बैंगलोरविरुद्ध महंगो साबित भएका थिए । जसमा चार ओभर बलिङ गरेका सन्दीपले ४६ रन खर्चिएर एक विकेट मात्रै लिए ।

उनको पछिल्लो प्रदर्शन र दिल्लीका ‘बेन्च प्लेयर’ हेर्दा सन्दीप आज टिममा पर्ने सम्भावना कम रहेको छ । किनभने दिल्लीका सबैभन्दा अनुभवी स्पिनर पछिल्ला खेलमा बेन्चमा रहेका छन् । यस्तै न्यूजिल्याण्डका तीव्र गतिका बलर टेन्ट बोल्टले पनि सुरुवाती खेलमा बाहेक टिममा परेका छैनन् । सन्दीपले खराब प्रदर्शन गर्नु नै उनका लागि टिममा पर्ने सम्भावना खुल्नु रहेको छ ।

खेल नेपाली समय अनुसार बेलुकी ८: १५ बजे हुनेछ ।