काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने बताएका छन् । हरेक क्षेत्रमा अस्तक्षेत्रमा भइरहकोले सरकारविरुद्ध उत्रिन उनले युवा तथा विद्यार्थीलाई निर्देशन दिएका हुन् ।


ADVERTISEMENT


शुक्रबार ११ विद्यार्थी संगठनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले प्रधानमन्त्री ओली असहिष्णु भएको आरोप लगाए । एकलौटी नहोस् भनेर नै संवैधानिक परिषद्मा विपक्षी दलको नेता हुने व्यवस्था गरिएको तर, आफूले पत्र पठाउँदा पनि बैठक राखेर निर्णय गरेको गुनासो गरे ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्रीले सेना परिचालन गर्न पाउने व्यवस्थाबारे असन्तुष्टि जनाएका थिए । उनले भने, ‘अब सेना प्रधानमन्त्रीले परिचालन गर्ने, यो पनि कहिँ हुन्छ ? हुकुममा चल्न सेना कसैको नोकर हो ? राष्ट्रको सेना हो ।’

यस्तै उनले शिक्षा तथा स्वास्थ्य लगायतका क्षेत्रमा समेत हस्तक्षेप भइरहेकोमा असन्तुष्टि व्यक्त गरे । उनले विप्लव समूहले हत्या हिंसा छोड्नु पर्ने र सरकारले पनि वार्ता गर्नुपर्ने बताए ।