काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपीएल)मा कोलकत्ता नाइटराइडर्सविरुद्ध नेपाली युवा स्पिनर सन्दीप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्सले टस जितेर बलिङ रोजेको छ । तर, सन्दीप भने कोलकत्ताविरुद्धको खेलमा अन्तिम ११ मा अटाउन सकेका छैनन् । उनलाई किमो पलले विस्थापित गरेका छन् ।


ADVERTISEMENT


सुरुवाती दुई खेलमा बेन्चमै बसेका सन्दीप त्यसपछिका चार खेलमा टिममा अटाएका थिए । सुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गरेपनि त्यसपछिका दुई खेलमा अपेक्षा अनुसारको प्रदर्शन गर्न नसक्दा टिम बाहिर बसेका हुन् ।


ADVERTISEMENT

# # #


सन्दीपको विराट कोहील कप्तानीमा रहेको रोयल च्यालेन्जर बैंगलोरविरुद्ध सबैभन्दा महंगो प्रदर्शन गरेका थिए । उनले चार ओभरमा ४६ रन खर्चिएका थिए । एक विकेट लिएपनि उनको उक्त खेल सम्झन लायक रहेन ।

सन्दीपले खराब प्रदर्शन गरेका कारण टिममा पर्न नसकेका हुन् । जारी संस्करणमा सन्दीपले चार खेलमा पाँच विकेट लिएका छन् ।