काठमाडौँ – जनता बैँकले ‘सबै नेपालीको खाता’ संचालनमा ल्याएको छ । नेपाल सरकारले सुरु गरेकोसबै नेपालीको बैंक खाता अभियानलाई सफल पार्न बैँकले ‘सबै नेपालीको खाता’ संचालनमा ल्याएको हो ।


ADVERTISEMENT


उक्त खातामा शुन्य मौज्दातमा खाता खोल्न सकिने, खाता खोल्दा १ सय रुपैंया बैंकको तर्फबाट जम्मा गरिदिने, ६.५ प्रतिशत वार्षिक व्याजदर पाइने विशेषताहरु रहेका छन् । यस्तै


ADVERTISEMENT

# # #


दैनिक मौज्दातमा त्रैमासिक ब्याज भुक्तानी, रु. २ लाख सम्मको एबीबीएस सेवा निःशुल्क, झंझट रहित सरल रुपमा खाता खोल्न सकिने विशेषता पनि रहेका छन् ।

बैँकले देशभर रहेका आफ्ना १२८ वटै शाखाबाट यस प्रकारको खाता खोल्न सकिने जनाएको छ ।