काठमाडौँ – कामना सेवा विकास बैंकले सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नं. ६ स्थित छाता चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसंगै बैंकको शाखा संख्या ८२ पुगेको छ ।


ADVERTISEMENT


मंगलबार बैंकका संचालक देव कृष्ण काफ्ले तथा बैंकका प्रदेश नं. १ प्रमुख सुजन राईले नयाँ वर्षको शुभकामना प्रदान गर्दै संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । प्रमुख राईले प्रदेश नं १ मा यो सँगै ६ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु पनि सञ्चालनमा आउने बताए । व्यापार विस्तारलाई तीव्रता दिने उद्देश्य सहित बैंकले पर्यटकीय तथा व्यापारिक नगर धरानमा शाखा स्थापना गरेको बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


बैंकले देशका विभिन्न भागहरुमा ८२ वटा शाखा तथा ३७ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।