काठमाडौं– नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले संसदमा टेबुल गरिएको संविधान संशोधनको विषयलाई आवश्यक परिमार्जन सहित संशोधन गरेर अगाडि नबढे राजनीतिक संकट आउने चेतावनी दिएका छन् ।


ADVERTISEMENT


नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आज संयुक्त विज्ञप्ती निकालेर संघीयताको प्रणालीमा राज्य प्रवेश गरिसकेको वर्तमान अवस्थमा फेरी संघीयता व्यवस्थापिका संसदको निर्वाचन पुरानै २४० अनुरुप गर्ने आशयका वार्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै प्रतिकूल प्रभाव पार्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


तत्कालै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरी संसद र प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण कार्य सुरु गर्न पनि विज्ञप्तीमा माग गरिएको छ ।
यी दुई पार्टीले पहिलो र दोस्रो चरणको चुनाव गठबन्धन बनाएर लडेका थिए । यी दुई पार्टीवीच एकताको चर्चा भएपनि यो कोर्सले गति लिन भने सकेको छैन ।