एजेन्सी – भारतीय काँग्रेसकी प्रवक्ता प्रियङ्का चर्तुवेदीले पार्टी परित्याग गरेकी छिन् । दुई दिनअघि मात्र उनले आफूमाथि दुर्व्यवहार गर्ने उत्तर प्रदेशका पार्टी कार्यकर्तालाई पार्टीमा पुनःस्थापित गरेकोमा आपत्ति जनाएकी थिइन् ।


ADVERTISEMENT


केही महिना अघि प्रियङ्का मथुरा पुग्दा उनले त्यहाँबाट चुनाव लड्ने तयारी गरेको भन्दै केही पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेका थिए । त्यहाँबाट फर्केपछि उनले यसबारे पार्टी हाईकमाण्डमा उजुरी गरेकी थिइन् । उजुरीपछि ती कार्यकर्ता निलम्बित गरिएका थिए ।


ADVERTISEMENT

# # #


तर, उत्तर प्रदेशका लागि काँग्रेसका महासचिव ज्यार्तिआदित्य स्किन्डियाले हस्तक्षेप गरेपछि उनीहरुलाई पुनःस्थापित गरिएको थियो । आगामी दिनमा यस्तो घटना नदोहोर्याउने प्रतिवद्धतासहित उनीलाई माफी दिएको थियो ।

बुधबार प्रियङ्काले पार्टीका लागि रगत र पसिना बगाउने भन्दा ‘गुण्डा’हरुले प्राथमिकता पाउन थालेको भन्दै ट्वीट गरेकी थिइन् ।

शुक्रबार ट्वीटर ह्याण्डलबाट पार्टी प्रवक्ता हटाउँदै पार्टी परित्याग गरिन् । यसबारे उनले थप कुनै प्रतिक्रिया दिन मानेकी छैनन् ।