काठमाडौँ – कामना सेवा विकास बैंकले पोखरामा शाखा स्थानान्तरण गरी कारोबार सञ्चालनमा ल्याएको छ । बैँकले पोखरा महानगरपालिकाको वडा नं १७, विरौटा चोकमा सेलवेज र्माट भएको भवनमा शाखा स्थानान्तरण गरेको हो ।


ADVERTISEMENT


आइतबार पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी, बैंक संचालक समितिका अध्यक्ष सुदिप आचार्य, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत लगायतले संयुक्त रुपमा उक्त शाखाको स्थानान्तरण पश्चात् कारोबार शुभारम्भ गरेका छन् ।


ADVERTISEMENT

# # #


बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले शाखा स्थानान्तरण पश्चात् ग्राहकहरुलाई अझ आधुनिक बैंकिङ्ग सेवा सुविधासँगै बैंकले व्यापार विस्तारलाई अझ तीव्रताका साथ अघि बढाउने बताए । मेयर जिसी ले उक्त समारोहमा बैंकले हालसालै ल्याएको आइ–बैंकिङ रिलोडेड सेवाको प्रशंसा गरे ।

बैंकले देशभर ८३ वटा शाखा तथा ३७ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफ्ना सेवाहरु प्रदान गर्दै आएको छ ।