काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले श्रीलंकाको राजधानी कोलम्बोमा भएको श्रृङ्खलावद्ध वम विष्फोटप्रति दुःख व्यक्त गरेको छ ।


ADVERTISEMENT


सभापति शेरबहादुर देउवाले आइतबार एक विज्ञप्ती जारी गर्दै घटनाले सम्पूर्ण विश्वलाई नै शोक विह्वल र स्तब्ध बनाएको बताएका हुन् । ‘विश्वको जुनसुकै कुनामा हुने मानवता विरुद्धका यस्ता आतङ्ककारी घटनाको नेपाली कांग्रेस सदैव घोर निन्दा र भत्र्सना गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ, ‘यस दुःखद क्षणमा म र मेरो पार्टीको तर्फबाट श्रीलंका सरकार र त्यहाँका जनताप्रति सहानुभूति प्रकट गर्दछु ।’


ADVERTISEMENT

# # #


यस्तै उनले हत्या, हिंसा र आतङ्क सदाका लागि अन्त्य गरिनु पर्दछ भन्ने नेपाली कांग्रेसको स्पष्ट धारणा रहँदै बताएका छन् । आइतबार कोलम्बोमा भएका श्रृंखलावद्ध बम विस्फोटमा परी १८० भन्दा बढीको मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार : श्रीलंकामा सातौँ आक्रमण : १८७ को मृत्यु, ५ सय बढी घाइते