एजेन्सी — श्रीलंकाको राजधानी कोलम्बोमा पुनः तीन वटा बम विष्फोट भएका छन् । राजधानीस्थित ३ वटा चर्च र ३ ठूला पर्यटकीय होटलमा भएको श्रृंखलावद्धरुपमा बम बिस्फोट भएको घण्टा नबिच्दै पुनः विष्फोट भएको हो ।


ADVERTISEMENT


दुर्घटनामा परी मृत्यु हुनेको संख्या १८७ पुगेको ५ सय जनाभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । सातौँ बम विस्फोट राजधानीस्थित राष्ट्रिय चिडियाखाना नजिकैको एक होटलमा भएको हो । जहाँ दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


१० वर्षअघि गृहयुद्ध समाप्त भएपछिको सबैभन्दा ठूलो हिंसात्मक घटनाको भत्सर्ना गर्दै प्रधानमन्त्री रनिल विक्रमासिंघेले यसलाई कायरताको संज्ञा दिएका छन् । उनले स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको पनि बताएका छन् ।

बीबीसी संवाददाता अज्जाम अमीनका अनुसारकोलम्बोमा करिब ५० जनाको मृत्यु भएको छ । कोलम्बो जनरल अस्पतालले पनि यसको पुष्टि गरेको छ । यस्तै बट्टिकोलामा २५ र नेगम्बोमा मारिनेको संख्या ५० रहेको प्रहरीले जनाएको छ ।

दिउँसो पुन: विस्फोट भएपछि राजधानी कोलम्बोमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ। लगातारको विस्फोटले ३५ जनाभन्दा बढी विदेशीको समेत मृत्यु भएको जनाइएको छ ।

सम्बन्धित समाचार  : कोलम्बो बिस्फोट : मृत्यु हुनेको संख्या १३८ पुग्यो, ४ सय भन्दा बढी घाइते(अपडेट)

यस हमलाको पछि कसको हात रहेको छ, अहिलेसम्म केही पत्ता लागेको छैन । कुनै पनि गुट वा उपगुटले यसको जिम्मेवारी लएको छैन ।