काठमाडौँ  – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा पार्टी एकता बारे छलफल हुने बुझिएको छ ।


ADVERTISEMENT


छलफलमा अध्यक्षद्वय प्रधाधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु सहभागी भएका छन् ।


ADVERTISEMENT

# # #


एकता प्रक्रियाका बाँकी काम ९ वैशाखमा टुंग्याउने संद्धान्तिक सहमति जुटाउनका लागि बैठक बोलाइएको स्रोतले जनाएको छ ।

जिल्ला तहको एकता गर्ने विषयमा नेताहरुबीच सहमति जुट्न सकेको थिएन । जिल्ला तहको एकताका गर्न निश्चित मापदण्ड बनाएर अघि बढ्ने अध्यक्ष ओली र प्रचण्डबीच सहमति भएको थियो ।  यसअघि तत्कालिन एमालेले ४५ जिल्लाको नेतृत्व गर्ने र माओवादी केन्द्रले ३२ जिल्लाको नेतृत्व गर्नेगरी सैद्धान्तिक सहमति भएको थियो ।