काठमाडौँ – आगामी जुलाई महिनाबाट इङल्याण्ड र वेल्समा हुने दिवसीय विश्वकप क्रिकेटका लागि अफगानिस्तान क्रिकेट टिमको घोषणा भएको छ । सोमबार अफगानिस्तान क्रिकेट बोर्डले विश्वकप खेल्ने अफागानी टोली छनोट गरेको हो ।


ADVERTISEMENT


गुलवादिन नैवले विश्वकपमा अफगानी टोलीको कप्तानी गर्नेछन् । अफगानिस्तानले भर्खरैमात्रै नयाँ कप्तान चयन गरेको हो । यसअघि अस्घर अफगानले नेतृत्व सम्हालेका थिए ।


ADVERTISEMENT

# # #


यस्तै तीव्र गतिका बलर हमिद हसन टोलीमा फर्किएका छन् । फिटनेसका कारण उनी करिब दुई वर्षदेखि टिमबाहिरि रहेका थिए ।

यस्तो छ अफगानी टोली

गुलबादिन नैव (कप्तान), मोहम्मद शाहजाद (विकेटकिपर), नूर अलि जदरान, हज्रातुल्लाह जजाई, रहमत शाह, अस्घर अफगान, हस्मतुल्लाह शाहिदी, नजिबुल्लाह जदरान, समिउल्लाह सिनवारी, मोहम्मद नाभिद, राशिद खान, दवलत जदरान, अफ्ताव आलम, हमिद हसन, मुजिब उर रहमान