काठमाडौँ – प्रहरीले रसुवाको टिमुरेबाट ७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । केरुङ नाकामा सुन ल्याउँदै गर्दा शेर ग्याल्बो घले पक्राउ परेका हुन् ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङका अनुसार अपराह्न ना ६ ख ९०६८ नम्बरको ट्रकमा सुन भेटिएको हो।


ADVERTISEMENT

# # #


भन्सार जाँचपासका क्रममा प्रहरीले शंका गरी ट्रकको तलासी लिएको थियो। चीनबाट स्याउ लिएर आएको त्यो ट्रकमा सुन भेटिएको तामाङले बताए। उक्त ट्रक काठमाडौं आउँदै थियो।

सुनसहित ट्रक चालक नवकुण्ड गाउँपालिका १ यार्सा घर भएका शेर ग्याल्पो घलेलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको तामाङले बताए।