डडेल्धुरा – डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुखर्कमा यात्रुबाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।


ADVERTISEMENT


यसअघि डडेलधुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले ६ जनाको मृत्यु भएको जानकारी गराएपनि पाँच जनाको मात्रै मृत्यु भएको पुष्टि भएको हो । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेको प्रहरीले जनाएको छ।


ADVERTISEMENT

# # #


मृत्यु हुनेमा बझाङको तल्लाकोट गाउँपालिका–४ का अन्दाजी बर्ष ४० का धनबहादुर घर्ती, बझाङकै केदारस्युँ गाउँपालिका–५ का अन्दाजी २५ वर्षका नरेन्द्र गुरुधामी र विहार भारतका मोहमद नासिरको मृत्यु भएको छ । यस्तै बझाङकै केदारस्युँ गाउँपालिकाकी अन्दाजी ५५ वर्षीय कल्सीदेवी बोहरा र सोही गाउँपालिकाकी अन्दाजी ३५ वर्षीया हरुली बोहरा रहेका छन् ।

धनगढीबाट बझाङतर्फ गइरहेको ना६ख १८३१ नम्बरको यात्रुबाहक बस साउखर्क नजिक आज बिहान ५ः३० बजे दुर्घटना भएको थियो । दुर्घटनाको कारण क्षमता भन्दा बढी यात्रु भएको प्रारम्भिक जानकारीबाट खुल्न आएको छ ।

दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई उपचार गर्न उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएको छ