नेपाल प्रहरी प्रतिष्ठानका कार्यकारी अधिकृत एआईजीपी धीरु बस्न्यातले नेपाल प्रहरीका क्रिकेट खेलाडीहरुलाई देशलाई सम्झेर खेल्न प्रोत्साहन गरेका छन् ।


ADVERTISEMENT


आठौं राष्ट्रिय खेलकुद अन्र्तगत नेपालगञ्जमा जारी प्रतियोगितामा सहभागी खेलाडीहरुलाई एआईजीपी बस्न्यातले खेलकुदबाट नै देशलाई राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सकिने बताउँदै खेललाई मन देखि नै आत्मसाथ गरेर खेल्न सुझाएका हुन् ।


ADVERTISEMENT

# # #


नेपाल प्रहरी कर्तव्यपरायणका साथसाथमा खेलकुद बिधामा समेत अब्बल रहेको बस्न्यातको भनाई छ । संगठन र देशको शिर उँचो राख्नलाई अनुशासन, लगनशिलता र नियमलाई गुरुमन्त्र मानेर सँधै जितको मानसिकताले खेल्न एआईजीपी बस्न्यातको खेलाडीहरुलाई हौसला छ ।