काठमाडौंं – प्रेमकथामा बन्न लागेको फिल्म ‘प्रेम गीत–३’ ले छायाङ्कन सुरु नहुँदै पोस्टर सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


निर्माण ब्यानर आसुसेन फिल्मस्ले ‘प्रेम गीत–३’ को एक पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गर्दै आगामी २८ चैत्र प्रदर्शन मिति समेत सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


‘चंखे शंखे पंखे’, ‘प्रेम गीत’, ‘प्रेम गीत २’, ‘मेरी मामु’ पछि आसुसेन फिल्मस्ले यो निर्माण गर्न लागेको हो । यो फिल्मलाई ‘प्रेम गीत’को तेस्रो सिरिज रुपमा निर्माण गर्न लागिएको हो । छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा यसको निर्देशन गर्दैछन् ।

फिल्मका लागि कलाकार छनोटदेखि मुख्य टिम फाइनलसम्मका कार्य भइसकेका छन् । तर चलचित्रको बारेमा सबै जानकारी छिट्टै एक कार्यक्रम गरेर गराउने दुई निर्देशक मध्यका एक सन्तोष सेनले बताए ।