एजेन्सी – केही दिनदेखि सामाजिक सञ्जालमा केही विभत्स तस्बिरहरु भाइरल भइरहेका छन् । मानवीय त्रासदीका यी तस्बिरहरु श्रीलंकामा भएका श्रृखलावद्ध बम विस्फोटपछिका हुन् भनेर दाबी गरिएको छ ।


ADVERTISEMENT


यी तस्बिरलाई ट्वीटर, फेसुबक र शेअर च्याट एपमा पनि हजारौँले शेयर गरेका छन् । गत २१ अप्रिलमा श्रीलंकाका केही शहरमा भएको श्रृंखलावद्ध बम हमलामा मारिनेको संख्या बुधबारसम्म बढेर ३५९ पुगेको छ भने ५ सयभन्दा बढी मानिस घाइते बनेका छन् ।


ADVERTISEMENT

# # #


सामाजिक सञ्जालमा भाइरल भएका यी तस्बिर पूराना रहेको र यिनको श्रीलंका हमलासँग कुनै सम्बन्ध नभएको पुष्टि भएको छ ।

२००६ सालको घटना

फेसबुक पोस्टमा देखिरहेका यी दुबै भाइरल तस्बिर १६ जुन २००६ का हुन् ।

समाचार एजेन्सी एफपी र फोटो एजेन्सी गिटीका अनुसार १५ जुन २००६ मा एक  विस्फोटमा यिनीहरुको मृत्यु भएको थियो । जसमा ६० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

‘दि गर्जियन’का अनुसार हमला गर्नेहरुले एक बसलाई निशाना बनाएका थिए ।

त्यसबेला श्रीलंकाली सरकारले आरोप लगाएको थियो कि यस घटनाको पछाडी चरमपन्थी संगठन ‘लिबरेशन टाइगर्स अफ तमिल ईलम’ अर्थात एलटीआइको हात रहेको छ ।

यद्दपी एलटीआईले आफ्नो तर्फबाट जारी गरेको बयानमा सरकारको आरोप निराधार रहेको बताउँदै खारेज गरेको थियो ।

मिडिया रिपोर्टमा यस घटनाबाट मारिनेको संख्या ६४ बताइएको थियो । जसमध्ये १५ जना बच्चा रहेका थिए । जसमा ८० मानिस घाइते भएका थिए ।

कोलम्बोका सबैभन्दा ‘युवा सहिद’ ?

सामाजिक सञ्जालमा एउटा तस्बिरलाई शेअर गर्दै दाबी गरिएको छ कि ‘यो गत आइतबार श्रीलंकामा भएको श्रृंखलावद्ध बम हमलामा मारिने सबैभन्दा कम उमेरका बच्चा हो ।’

यस भाइरल तस्बिरमा एउटा मानिस बच्चाको शवको नजिक बसेर रोइरहेका देखिन्छन् । फेसबुकमा भएका केही धार्मिक ‘ग्रुप’ यो तस्बिलाई यही दाबीका साथ शेयर गरिएको छ । तर यो तस्बिर एक वर्ष पूरानो रहेको पाइएको छ । जसको आइतबारको बम हमलासंग कुनै सम्बन्ध छैन ।