काठमाडौँ – एनआईसी एशिया बैंकले काठमाडौं र पर्सामा गरी तीन वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


बिहीबार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं.५ स्थित राधेराधे शाखाको वडा अध्यक्ष अमृत मान श्रेष्ठ तथा चाँगुनारायण नगरपालिका वडा नं २ स्थित दुवाकोट शाखाको सोहि वडाका वडा अध्यक्ष शिव हरि केसीले उद्घाटन गरेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका १ स्थित जगनाथपुर शाखाको गाउँपालिका अध्यक्ष जालिम मियाँले उद्घाटन गरेका छन् ।

बैंकले मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।