एजेन्सी – अन्तर्राष्ट्रीय क्रिकेट परिषद (आईसीसी) ले आसन्न एकदिवसीय क्रिकेट विश्वकपका लागि २२ म्याच अफिसियलको सूचि सार्वजनिक गरेको छ । जसमा १६ अम्पायर र ६ जना म्याच रेफ्री रहेका छन् ।


ADVERTISEMENT


१२ औँ विश्वकप ३० मेदेखि १४ जुलाईसम्म इङ्गल्याण्ड र वेल्समा चल्नेछ । यसअघि सन् २०१५ मा भारतमा भएको विश्वकप अष्ट्रेलियाले जितेको थियो ।


ADVERTISEMENT

# # #


उद्घाटन खेल इङ्गल्याण्ड र दक्षिण अफ्रिकाबीच

विश्वकपकोउद्घाटन खेल इङ्गल्याण्ड र दक्षिण अफ्रिकाबीच लण्डनस्थित द ओवल मैदानमा खेलाइने छ । यस खेलमा अष्ट्रेलियाका डेविड बून म्याच रेफ्री हुनेछन् । श्रीलंकाका कुमार धर्मसेना र अष्ट्रेलियाका ब्रूस अक्सनफोर्ड अम्पायर हुनेछन् भने अष्ट्रेस्ट्रेलियाका पल रिफेल थर्ड र वेस्टइण्जि काजोए विल्सन फोर्थ अम्पायर हुनेछन् ।

जसले गर्दैछन् चौथो पटक विश्वकपमा अम्पायरिङ

श्रीलंकाका रञ्जन मदुगले छैटौँ पटक विश्वकपमा म्याच रेफ्रीको भूमिका निभाउँदैछन् । यस्तै इङ्गल्याण्डका क्रिस ब्राड र न्यूजिल्याण्डका जेफक्रो चौथो पटक विश्वकपमा रेफ्री हुनेछन् । अम्पायरमा पाकिस्तानका अलीम डार पाचौँ र इङ्गल्याण्डका इयान गोल्ड चौथो पटक विश्वकपमा सहभागी हुँदैछन् ।

गोल्डका लागिअन्तिम विश्वकप

गोल्डको यो अन्तिम विश्वकप हुनेछ । उनी विश्वकप सकिएपछि अम्पायरबाट सन्यास लिनेछन् । ६१ वर्षीय उनले आजसम्म ७४ टेष्ट, १३५ एकदिवसीय र ३७ टी २० खेलमा अम्पायरको भूमिका निभाएका छन् । गोल्ड १९८३ मा इङ्गल्याण्डका विकेटकिपर थिए । जुन विश्वकप भारतले जितेको थियो ।

लिग राउण्डपछि सेमिफाइनलका लागि फेरि घोषणा

सेमीफाइनल खेलका लागि म्याच अफिसियलको घोषणा लिग राउण्डको समाप्तीपछि हुनेछ । यस्तै फाइनलका लागि सेमिफाइनल समाप्त भएपछि घोषणा गरिने छ ।

६ देशबाट ६ जना रेफ्री

म्याच रेफ्री              देश
क्रिस ब्राड              इङ्गल्याण्ड
डेविड बून             अष्ट्रेलिया
एण्डी पेक्राफ्ट        जिम्बाब्वे
जेफ क्रो                न्यूजिल्याण्ड
रञ्जन मदुगले         श्रीलंका
रिची रिचर्डसन      वेष्टइण्डिज

इङ्गल्याण्डकाबाट ५ अम्पायर

अम्पायर                      देश
एस. रवि                       भारत
अलीम डार                   पाकिस्तान
कुमार धर्मसेना              श्रीलंका
मराइस इरासमस          दक्षिण अफ्रिका
क्रिस ग्याफ्ने                  न्यूजिल्याण्ड
इयान गोल्ड                   इङ्गल्याण्ड
रिची इलिङ्गवर्थ              इङ्गल्याण्ड
रिचर्ड क्याटलबोरो         इङ्गल्याण्ड
नाइजेल लान्ग                इङ्गल्याण्ड
ब्रूस अक्सनफोर्ड           अष्ट्रेलिया
पल रिफेल                    अष्ट्रेलिया
रड टकर                      अष्ट्रेलिया
जोएल विल्सन               वेस्टइण्डिज
माइकल गफ                 इङ्गल्याण्ड
रुचिरा पालियागुरुगे      श्रीलंका
पल विल्सन                   अष्ट्रेलिया