काठमाडौँ – काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सुरु गरेको छ । जनस्तरबाट व्यापक विरोध भएपछि काठमाडौं महानगरपालिकाले शनिबार डोजर परिचालन गर्दै पसल र शटरहरु भत्काउन सुरु गरेको हो ।


ADVERTISEMENT


मयेर विद्या सुन्दर शाक्यले शुक्रबार खुलामञ्चमा अनुमतिबिना बनेका संरचना भत्काउनले बताएका थिए । खुलामञ्चभित्र करिब ४० वटा सटरहरु खडा गरेर पसल सञ्चालन भइरहेका छन् ।


ADVERTISEMENT

# # #


पूरानो बसपार्कमा २९ तलले भ्यु टावर निर्माण गर्नका लागि बसपार्कलाई खुल्लामञ्चमा सारिएको थियो । काठमाडौं महानगरपालिका र निर्माण व्यवसायी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सबीच तीन वर्षसम्म खुलामञ्च उपभोग गर्ने गरी सम्झौता भएको थियो।

केही शौचालय, यात्रु प्रतिक्षालय र ट्राफिक बोर्डका लागि सम्झौता भएपनि निर्माण कम्पनीले शटर निर्माण गरेर भाडामा दिएपछि महानगरले भत्काएको हो ।