काठमाडौँ – थाइल्याण्डमा जारी एशियन क्रिकेट काउन्सिल (एसीसी) यू-१६ क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनमा नेपालले हङकङलाई पाखा लगाउँदै फाइनल प्रवेश गरेको छ । शनिबार भएको खलेमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT


टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ३२.२ ओभरमा सबै विकेट गुमाउँदै ८६ रनमात्रै बनायो । ८७ रनको चुनौति पच्छ्याउँदै मैदान प्रवेश गरेको नेपालले २१.४ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।


ADVERTISEMENT

# # #


हङकङका लागि कप्तान आरुस भागतले सर्वाधिक ४३ रन बनाए । उनले ८३ बलमा चार चौका प्रहार गरे । अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

हङकङलाई सस्तैमा समेट्ने क्रममा निखिल कुमार सिंहले उत्कृष्ट बलिङ गरे । उनले ६.२ ओभरमा मात्र १६ रन खर्चिएर चार विकेट चट्काए । यस्तै विशाल कुमार पटेल र रमेश कुर्मीले समान २/२ विकेट लिए । तिलक राज भण्डारीको नाममा एक विकेट रह्यो ।

नेपाललाई जित दिलाउन ब्याटिङतर्फ अनिश भट्टराईले सर्वाधिक १७ तथा रोहन दूधराज विकले १४ रन बनाए । उनीहरुले क्रमशः २ र ३ चौका प्रहार गरे । यस्तै क्रिश कार्की १२ रनमा नटआउट रहँदा दीपक बोहरा ११ र सुवास ऐर १० रनमा पेवेलियन फर्किए ।

हङकङका लागि ब्रिज नाराइन स्योपुरीले ३ विकेट लिए । अहान त्रिवेदीले २ र रौनक कपुरले १ विकेट हासिल गरे ।

डिफेण्डिङ च्याम्पियन नेपालले उपाधीका लागि मलेसिया र सिंगापुरबीचको विजेतासंग प्रतिस्पर्धा गर्ने छ ।