जाजरकोट– यहाँको त्रिवेणी नलगाड नपा वडा नं ३ मा काठको पुल भाँचिएर खोलाले बगाउँदा सोही स्थानका ४३ वर्षीय हुमबहादुर परियारको मृत्यु भएको छ ।


ADVERTISEMENT


टट्टा र बाँस्कोटीको बीचमा रहेको साङ्टखोलामा रहेको काठको पुल भाँचिएपछि पुलको बीचमा हिँडिरहेका परियार सोमबार साँझ खोलामा परेका थिए । करिब २०० मिटर तल खोलाले बगाएपछि परियारको मृत्यु भएको स्थानीय लक्ष्मण रसाईलीले बताए ।


ADVERTISEMENT

# # #


पक्की पुलको माग गर्दै आएका यहाँका स्थानीयवासी काठद्वारा निर्माण गरेको पुलको सहारामा खोला वारपार गर्ने गर्दथे । रासस