एजेन्सी – भारतीय क्रिकेट समूहका बलर मोहम्मद शमी र उनकी श्रीमती हसिन जहाँको विवाद एकपटक पुनः चर्चामा छ । अमरोहा पुलिसले क्रिकेटर मोहम्मद शमीकी श्रीमती हसिन जहाँलाई शान्ती भंग गरेको आशंकामा पक्राउ गरेको छ ।


ADVERTISEMENT


धारा १५१ मा चलान गरेपछि पुलिस हसिन जहाँलाई लिएर एसडीएम अदालत पुगेको छ । हसिन आइतबार राती डिडौली थाना इलाकाको सहसपुर अली नगर गाउँमा मोहम्मद शामीको पैतृक आवासमा पुगेकी थिइन् जहाँ मोहम्मद शामीकी आमा र परिवारसँग भनाभन भएको थियो ।


ADVERTISEMENT

# # #


हसिन जहाँले पुलिस हिरासतमा मिडियासँगको कुराकानीमा मोहम्मद शमीको पहुँच र पैसाका कारण युपी पुलिसले उनलाई तनावमा पारिरहेको आरोप लगाएकी छिन् । यतिबला हसिन जहाँले मिडियासँग मद्दत पनि मागिन् । उनले सोधिन्, ‘योगी सरकारले किन देखिरहेको छैन ? मोदी सरकारले किन देखिरहेको छैन ? ‘बेटी बचाओ बेटी पढाओ’ र म पनि छोरी नै हुँ । ममाथि कस्तो व्यवहार गरिँदैछ । राती १२ बजे मलाई ओछ्यानबाट घिसारेर ल्याइएको हो ।’

‘मेरो हातबाट फोन खोसियो । मलाई घाउसमेत भएको छ । अब तपाईं भन्नुहोस् कि म सहयोग माग्न कहाँ जाउँ ? उनले आफ्नो पैसा, पावर सबैकुरा यो कुरामा लगाइरहेका छन् । अब म आफ्नो हकका लागि लडिरहेका बेला मलाई पुलिसले प्रताडित गरिरहेको छ । ’

स्मरण रहोस्, श्रीमतीसँग विवादका कारण बीसीसीआईले आफ्नो सेन्ट्रल कन्ट्र्याक्टबाट शमीको नाम हटाएको थियो । तर बीसीसीआईको एन्टी करप्सन युनिटले मोहम्मद शमीलाई क्लिनचिट दिएको थियो । हसिनले मोहम्मदमाथि थुप्रै महिलासँग विवाहेत्तर सम्बन्ध भएको आरोप लगाउँदै आएकी छिन् ।