काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठन भएको १४ महिनामा आशा जगाउने एउटा पनि काम गर्न नसकेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले सरकारको कारण मूलुकमा निराशा व्यप्त भएको आरोप लगाएका हुन् ।


ADVERTISEMENT

# # #


‘देशलाई समृद्धिको दिशामा लैजाने अभूतपूर्व ऐतिहासिक अवसरलाई पनि यो सरकारले खेल फाल्यो,’ देउवाको भनाई थियो ।

उनले लामो समयसम्म निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्दा सरकारको नियत प्रति शंका उब्जिएको जिकिर गरे । ‘शान्ति सुरक्षा कायम गर्न सरकार असफल भयो,’ देउवाले भने ।

सभापति देउवाले विगतका सरकारले सम्पन्न गरेका आयोजनाहरु उद्घाटन गरेर आफैले सम्पन्न गरेको भनी झुटा प्रचार गर्न बाहेक सरकारले उल्लेख्य काम गर्न नसकेको दाबी गरे । ‘विगतका सरकारको पालोमा शुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम तामझामका साथ आफैले सुरु गरेको जसरी प्रचार गर्न गरियो,’ उनको गुनासो थियो ।

नेपालकै लगानीमा बुढीगण्डकी आयोजना सम्पन्न गर्नुको सट्टा बिना प्रतिस्पर्धा विदेशीलाई सुम्पने काम गरेको बताउँदै देउवाले पूँजीगत खर्चमा सरकारको उपलब्धि निराशाजनक भएको उल्लेख गरे ।

‘विदेशी लगानीको गफ हाक्ने सरकारले विदेशी अनुदान न्यून ल्याएको छ,’ उनले भने, ‘थप लगानी ल्याउन पनि सरकार असफल भएको छ ।’

विदेशी घाटा बढ्दो रहेको र मूल्यबृद्धिको मारमा जनता पर्दै गएकोमा देउवाले चिन्ता व्यक्त गरे ।

देशमा संस्थागत रुपमा भ्रष्टाचार बढेको राष्ट्रपति स्वयम्ले उल्लेख गरेको भन्दै बालुवाटार भूमाफिको कब्जामा पर्दा पनि सरकार ढाकछोपमा लागेको उनले आरोप लगाए ।

‘जनताको धैर्य गुम्दैछ,’ उनले चेतावनी पनि दिए ।

यस्तै उनले बारा पर्सा लयागतका तराईका जिल्लामा हावाहुरी प्रभावितलाई तत्काल राहत र पुनर्स्थापना गर्न माग गरे ।