काठमाडौं – नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामा प्रवक्ता पदबाट पदमुक्त भएका छन् ।


ADVERTISEMENT


नेपाल नागरिक उड्डयन प्राधिकरणले उनलाई प्रवक्ताबाट नहटाएसम्म लाइसेन्स निलम्बन गरेको जानकारीसहितको पत्र प्राप्त निगमले उनलाई पदमुक्त गरेको हो ।नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो।


ADVERTISEMENT

# # #


लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै क्यानले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरेको हो। प्राधिकरणले उनलाई प्रवक्ताबाट नहटाए लाइसेन्स निलम्बन हुने जानकारी दिएको थियो ।

उनी प्रवक्ता पदमा रहिन्जेल जहाज उडाउन नपाउने भएपछि लामालाई प्रवक्ताबाट पदमुक्त गरिएको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए ।