काठमाडौँ – चीन भ्रमण छोट्याएर राष्ट्रपति विद्यादेवी भण्डारी एक दिन अगावै स्वदेश फर्किएकी छन् । स्वास्थ्य अवस्थामा समस्या आएपछि राष्ट्रपति भण्डारी भ्रमण छोट्याएर बुधबार नै स्वदेश फर्किएकी हुन् ।


ADVERTISEMENT


राष्ट्रपति त्रिभुवन विमानस्थलमा आइपुग्दा प्रधानमन्त्री, उपराष्ट्रपति लगायत उच्च पदस्थ अधिकारीहरु विमानस्थल पुगेका थिए ।


ADVERTISEMENT

# # #


निर्धारित तालिकामा उनी बिहीबारमात्रै स्वदेश फर्कने कार्यक्रम थियो । बेईजिङको औपचारिक कार्यक्रम सकेर मङ्गलबार तिब्बत पुगेकी भण्डारी बाँकी सबै औपचारिक कार्यक्रम स्थगित गर्दै काठमाडौं फर्केकी हुन् ।
उनी चार्टर विमानबाट ल्हासा हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेकी थिइन् ।

हाई अल्टिच्युटका कारण राष्ट्रपति भण्डारीलाई ल्हासामा स्वास्थ्य समस्या देखिएपछि राष्ट्रपतिले भ्रमण छोट्याएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सामान्य अवस्थामा समेत तिब्बतमा अल्टिच्युटको समस्या रहने गरेको जानकारहरु बताउँछन् । राष्ट्रपति भण्डारी गत बुधबार राजकीय भ्रमणका लागि सियान हुँदै बेइजिङ गएकी थिइन् ।