काठमाडौं – ललितपुरको महालक्ष्मी नगरपालिकाले मे (मजदुर) दिवसका अवसरमा कार्यक्रमको आयोजना गरेको छ । नगरपालिकाले बुधबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।


ADVERTISEMENT


नगरपालिकाका १, २, ३ र ४ नं वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा सम्पूर्ण वडाका वडाध्यक्ष, वडासदस्य र राजनीतिज्ञ लगायतको उपस्थित रहेको थियो । यस्तै सांसद कृष्णलाल महर्जन पनि उपस्थित रहेका थिए ।


ADVERTISEMENT

# # #


कार्यक्रमका सभापति नन्द न्यौपानेले उपस्थित सबैलाई मजदुर दिवसका अवसरमा शुभकामना दिएका थिए ।