काठमाडौँ – आईसीसीले सार्वजनिक गरेको नयाँ टी(२० वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडी परेका छन् । नयाँ टी–२० वरीयतामा कप्तान पारस, सोमपाल कामी र बसन्त रेग्मीले स्थान बनाएका छन् ।


ADVERTISEMENT


वरीयताको अलराउण्डरतर्फ कप्तान पारस ३८ औंँ स्थानमा रहेका छन् । कप्तान पारस वरीयतामा यथावत रहेका हुन् । ७६ अंक पाएका कप्तान पारसले इङल्याण्डका जोय रूट,वेष्ट इण्डिजका आन्द्रे रसेललाई समेत पछि पारेका छन् ।


ADVERTISEMENT

# # #


जोय रूट ४२ औँ स्थानमा रहेका छन् भने आन्दै रसेल ४३ औँ स्थानमा रहेका छन् । अलराउण्डरतर्फ ६० अंक पाएका सोमपाल एक स्थान सुधार गर्दै ४९ औंँ स्थानमा उक्लिएका छन् । यसअघि सोमपाल ५० औं स्थानमा रहेका थिए ।

यस्तै कप्तान पारस ब्याटिङतर्फ तीन स्थान तल झरेका छन् । पारस ९५ औंँ स्थानमा रहेका छन् । अघिल्लो महिना पारस ९२ औंँ स्थानमा थिए ।

बलिङको वरीयतामा सोमपाल र वसन्तले सुधार गरेको छ । समान ४०९ अंक पाएका सोमपाल ६८ र वसन्त ६९ औंँ स्थानमा रहेका छन् । यसअघि सोमपाल ७० र बसन्त ७१ औं स्थानमा रहेका थिए ।

आईसीसी टिम वरीयतामा नेपाल १४ औं स्थानमा यथावत रहेको छ ।