काठमाडौं – निर्माता, निर्देशक तथा कलाकार रोज राणाले फिल्म ‘खलनायक–२’ बनाउने भएका छन् । यसअघिको फिल्म ‘खलनायक’को सिक्वेलका रुपका ‘खलनायक–२’ बन्न लागेको हो ।


ADVERTISEMENT


रोज राणाको निर्माण चलचित्र ‘खलनायक–२’लाई गोविन्द सिंह भण्डारीले निर्देशन गर्ने छन् । द्वन्द्व निर्देशन एनबी महर्जनले गर्ने छन् । चलचित्रको कथा मौनता श्रेष्ठले लेखिरहेका छन् । साउनबाट छायांकन सुरु हुने चलचित्रले ०७७ को नयाँ वर्षमा रिलिज गर्ने तयारी गरेको निर्माता राणाले बताए ।


ADVERTISEMENT

# # #


‘खलनायक’मा राजेश हमाल, विराज भट्ट र निखिल उप्रेती मुख्य भूमिकामा थिए । जुन २०६४ सालमा रिलिज भएको थियो । ‘खलनायक–२’मा मुख्य भूमिकामा रहने कलाकारको टुङ्गो लागिनसकेको राणाले बताए ।