काठमाडौँ – आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत हुने भएको छ ।


ADVERTISEMENT


राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न ४ बजे दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत नीति तथा कार्यक्रमका साथै आगामी आवको बजेटमा पनि छलफल हुनेछ । राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकाले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनलाई सिंगारिएको छ ।