काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण भएको बताएका छन्।


ADVERTISEMENT


दक्षिण एशियाली उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँग आज भएको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले नेपालले मात्र हैन दक्षिण एशियाले नै आर्थिक विकास र उन्नतीलाई प्राथमिकतमा राख्नुपर्ने बताए। “हामी समृद्ध दक्षिण एशिया र सुखी दक्षिण एशियाली देख्न चाहन्छौं” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले यस क्षेत्रले समृद्धि हासिल गर्ने अहिले उपयुक्त समय भएको बताए । दक्षिण एशियामा नै युवा जनसंख्याको बाहुल्यता भएकोले यस्तो बेलामा विकासमा फड्को मार्न सजिलो हुने प्रधानमन्त्री ओलीको धारणा छ ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार सुशासन र विकासलाई महत्व दिएर अघि बढेको बताए । “हामीले सुशासन र विकासलाई महत्व दिएर अघि बढेका छौं ” प्रधानमन्त्री ओलीले भने “केही समय विभिन्न कारणले हामी पछि पर्यौं तर अब त्यो समय सकियो । हामी अघि बढ्छौं ।”