काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सार्वजनिक गरेको सरकारका नीति तथा कार्यक्रमको भाषाप्रति नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आलोचना गरेका छन् ।


ADVERTISEMENT


उनले शुक्रबार ट्वीट गर्दै राष्ट्रपतिलाई राष्ट्रपति नै रहन दिनुपर्ने बताए छन् । उनले दशैंको टीका प्रकरण र शुक्रबारको ‘मेरो सरकार’ सामान्य त्रुटि बिल्कुलै नभएको उनको टिप्पणी छ । यसअघि दशैँमा पूर्वप्रधानन्यायाधीश भइसकेका गोपाल पराजुली लगायतले राष्ट्रपतिबाट टीका थाप्ता घूँडा टेकेको भन्दै आलोचना भएको थियो ।


ADVERTISEMENT

# # #


राष्ट्रपतिको ‘मेरो सरकार’प्रति आलोचना सुरु, राजाको शैली अपनाइयो !

गगन थापाको प्रश्न, ‘प्रधानमन्त्रीज्यू, नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कता आऊँ ?’

राष्ट्रपतिलाई राष्ट्रपति नै रहन दिउँ सरकार, राजतन्त्र बिदा गरेका नेपाली नागरिकलाई ‘रानी’ बोक्ने कुनै रहर छैन !’ ट्वीटमा प्रवक्ता शर्माले भनेका छन्, ‘राष्ट्रपतिलाई राष्ट्रपति नै रहन दिउँ सरकार ! दशैंको टीका प्रकरण अनि आजको ‘मेरो सरकार’ सामान्य त्रुटि बिल्कुलै होइन ।’