काठमाडौं – देशभरका सरकारी कार्यालयका वेबसाइटमा समस्या देखिएको छ । सरकारी सिस्टम नयख।लउ डाउन भएपछि देशभरका सवारी वेबसाइट खुल्ट छाडेका हुन् ।


ADVERTISEMENT


सरकारी सर्भर डाउन भएपछि देशरभरका सरकारी सेवा प्रभावित भएका छन् । यसले गर्दा सेवाग्राही प्रभावित भएका छन् ।


ADVERTISEMENT

# # #


हाल सरकारले विभिन्न सेवालाई अनलाइनमा आधारित बनाउँदै लगेको छ । सर्भर डाउन भएपछि देशभरका विभिन्न सरकारी कार्यालयमा अनलाइनबाट हुने काम बन्द भएको हो । विशेष गरी मालपोत, यातायात, राहदानी लगायतका विभागका सेवाग्राही सर्भर डाउन भएपछि समस्यामा परेका छन् । एकीकृत सर्भरमा आवद्ध भएका सरकारी कार्यालयमा अनलाइनमा आधारत कामकाज ठप्प भएको छ ।

सरकारी कार्यालयहरुमा पछिल्लो सयममा अनलाइन सेवा दिने क्रम बढेपनि त्यसअनसुसार सर्भरको क्षमता विस्तार नगर्दा समस्या भएको राष्ट्रिय सूचना प्रविधि केन्द्र (जीआईडीसी)ले जनाएको छ । एकैपटक सर्भरमा उच्च ट्राफिक आउँदा सर्भर डाउन भएको केन्द्रले जवानकारी दिएको छ ।

जीआईडीसीका सहकायक निर्देशक रमेश पोखरेलका अनुसार सर्भर डाउनको समस्या बारम्बार देखिने गर्छ । आइतबारको समस्यमा हल भइसकेको दावी उनले गरे । तर, दिउँसो कुनै मुख्य सर्भरमा निर्भर कुनै सरकारी वेबसाइटहरु खुलेका छैनन् ।

‘ट्राफिक अनुसार क्षमता त बढाइरहेका छौं, कहिलेकाँही सरकारी कार्यालयमा कर्मचारीको अनभित्रताले एक ठाउँमा जोड्ने पर्ने तर अन्तै जोडिदिन्छन्, त्यसले पनि सिस्टमलाई समस्यामा पार्छ,’ उनले भने,’अन्य खालका ब्रोडकास्ट लगायतमा प्राविधिक समस्या पनि हुने गर्छ ।’