नयाँ दिल्ली – भारतमा लोकसभा चुनाव चलिरहँदा राजधानी दिल्ली राजनीतिमा एक पटक फेरि ‘थप्पड काण्ड’ चर्चामा आएको छ । आम आदमी पार्टीको संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई चुनाव प्रचारका बेला एक युवक थप्पड हानेका थिए ।


ADVERTISEMENT


उनको पार्टीले यस घटनाको निन्दा गर्दै केजरिवालमाथि पटकपटक भइरहेको हमलाको पछाडी भारतीय जनता पार्टी (भाजपा) हात रहेको आरोप लगाएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै केजरिवालले पछिल्ला पाँच वर्षमा आफुमाथि नौ पटक हमला भएको बताए ।


ADVERTISEMENT

# # #


उनले केजरीवाल ती हमला आफूमाथि नभई दिल्लीका जनतामाथि भएको टिप्पणी गरे । यसमा भाजपा सरकार जिम्मेवार रहेको दाबी गर्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा मागेका छन् ।