काठमाडौँ – ए डिभिजन क्लब फ्रेन्ड्सलाई पराजित गर्दै गोर्खा ब्वाइज क्लब रुपन्देही नेपाल आइस चौथो सिन्धु कप फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


सिन्धुपाल्चोक लामोसाघुमा भएको खेलमा गोर्खा ब्वाइज क्लबले फ्रेन्ड्स क्लबलाई पेनाल्टी सुट आउटमा ३-० ले पराजित गर्यो ।
निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि खेलको छिनोफानो सिधै पेनाल्टी सुटआउटमा गरिएको हो ।


ADVERTISEMENT

# # #


पेनाल्टी सुटआउटमा रुपन्देहीका गोलरक्षक दिलिप छेत्रिलेले उत्कृष्ट प्रदर्शन गरे । उनले फ्रेन्ड्सको एक पेनाल्टी रोके भने पेनाल्टीमा गोल गरेका थिए ।

रुपन्देहीका लागि रुपेश के सी , उत्तम गुरुङ र दिलिप क्षेत्रीले गोल गरे । फ्रेन्ड्सका फोफाना, संजोक महर्जन र विकास आलेकोे गोल गर्न सकेनन् । फोफानाको प्रहार दिलिप क्षेत्रिले रोकेका थिए । खेलको म्यान अफ दि म्याच रुपन्देहीका गोलरक्षक दिलिप क्षेत्रि भए । उनले ५ हजार नगद प्राप्त गरे ।

प्रतियोगिताको चौथो क्वाटरफाइनल खेलमा भोली सोमबार विभागीय एपीएफ र जिरी स्पोर्टस् क्लब दोलखाबीच हुनेछ ।