काठमाडौँ – सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीले ‘मेरो सरकार’ भनेपछि सुरु भएको आलोचनाप्रति प्रधानमन्त्रीले स्पष्टिकरण दिएका छन् ।


ADVERTISEMENT


मंगलबार सरकारका नीति तथा कार्यक्रममाथिको छलफलफलपछि सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले ‘मेरो सरकार’ भन्नु उपयुक्त नै भएको बताए ।


ADVERTISEMENT

# # #


भारतको राष्ट्रपतिले पनि ‘मेरो सरकार’ भनेको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले भने, ‘त्यहाँको संविधानमा ‘मेरो सरकार’ भन्नु भनेर लेखेको छैन । अन्यत्र पनि लेखेको छैन ।’

यस्तै उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर जवाफ दिँदै बेलायती महारानीको सम्बोधनलाई नकारात्मक टिप्पणी गर्न वान्छनीय नहुने बताए । ‘उहाँहरुको आफ्नो परम्परा छ । उहाँहरुको आफ्नो तरिका छ ।’ उनले भने, ‘बेलायतकी महारानीको जस्तो भयो भन्दा बेलायतमा नराम्रो छ, त्यस्तै नराम्रो भयो भन्ने अर्थ लाग्ने हुँदा अलिकति कुटनीतिक हुँदैन जस्तो लाग्छ ।’

यसअघि देउवाले राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भनेर बेलायती महारानीको शैली अपनाएको भन्दै आपत्ति जनाएका थिए ।

संविधानको धारा पल्टाउनु राम्रो भएपनि गलत अर्थ लाग्ने गरी संविधानको व्याख्या गर्न नहुने प्रधानमन्त्री ओली बताए । राष्ट्रपति संस्था साझा हुने भएकाले कुन पार्टीले सरकारको नेतृत्व गर्यो भनेर ‘मेरो’ भन्ने कि नभन्ने हुँदैन ।’ उनले भने, ‘जसको भएपनि राष्ट्रपतिको मेरो सरकार हुन्छ । कमसेकम अन्तर्राष्ट्रिय अभ्यास बुझौं न ।’

लोकतन्त्रको लामो इतिहास भएको नेपाली कांग्रेस जस्तो पार्टीले लोकतान्त्रिक अभ्यासहरुको सन्दर्भमा साह्रै आलोकाचोपन देखाउँदा उपयुक्त नहने उनको उनले बताए । उनले ‘मेरो सरकार’ भुलचुकले राखिएको नभई जानीबुझी राखिएको स्पष्ट पारे ।

‘यो भुलचुकले होइन, सुविचारिक ढंगले जानीबुझिकन राखिएको र आवश्यक शब्दावली हो । राजा महाराजाले मेरो भन्ने जनताका प्रतिनिधि संस्थाले अपनत्व नलिने ?’उनले प्रश्न गरे ।