विराटनगर – प्रदेश १ को स्थायी राजधानी आफ्नो ठाउँमा नपाएको विरोधमा धनकुटाबासीले एक घन्टा चक्काजाम गराएका छ । राजधानी विराटनगर राख्ने प्रस्ताव पारित भएसँगै धनकुटाबासीले आन्दोलन घोषणा गरेका हुन ।


ADVERTISEMENT


राजधानीको निर्णयको विरोधमा मंगलबार साढे १२ देखि एक घन्टा चक्काजाम गरिएको हो । ‘साँझ ७ बजेदेखि आधा घन्टा ब्ल्याक आउट गरिनेछ’, संघर्ष समितिका विजय सन्तोषी राईले भने ।


ADVERTISEMENT

# # #


धनकुटाबासीले वैशाख २३ गतेलाई कालो दिनका रुपमा मनाउने निर्णय गरिएको प्रादेशिक राजधानी अभियान संघर्ष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए।

उनले भने, ‘धनकुटाको अस्तित्व, पहिचान र इतिहासलाई स्वीकार नगरिएकोमा हामीलाई आपत्ती छ ।’ प्रदेशसभाबाट दुई तिहाई बहुमतले सामेबार विराटनगरलाई स्थायी राजधानी घोषणा गरिएको थियो ।