काठमाडौँ – प्रतिनिधिसभामा सरकारका नीति तथा कार्यक्रममाथिको छलफल पश्चात सांसदका प्रश्न दिनेक्रममा प्रधानमन्त्रीले बोलेको भाषाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ ।


ADVERTISEMENT


मंगलबार एक विज्ञप्ती जारी गर्दै कांग्रेस संसदीय दलले प्रधानमन्त्रीले बोलेको भाषा अमर्यादित भएको जनाएको हो ।


ADVERTISEMENT

# # #


‘प्रधानमन्त्रीले प्रतिनिधि सभा वैठकको रोष्टमबाट संसदको गरिमा घटाउने, अमर्यादित र गैर संसदीय भाषा बोलेकोप्रति नेपाली काँग्रेस संसदीय दल गम्भीर आपत्ती प्रकट गर्दछ’, विज्ञप्तीमा भनिएको छ ।

अमर्यादित शब्दहरु संसदको रेकर्डबाट तुरुन्त हटाउनुपर्नेमा नहटाइएको भन्दै कांग्रेसले सभामुखले संसदको गरिमाको रक्षाका लागि निर्णायक भूमिका निर्वाह गर्न नसकेको जिकिर छ । उसले सभामुखको भूमिकाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

प्रधानमन्त्री ओलीको बोलीले संसदमा हंगामा

संसदको गरिमामा आँच आउने खालमा यस्ता अभिलेखलाई संसदको रेकर्डबाट यथाशिघ्र हटाउन र गरिमामय ढंगले संसद सञ्चालन गर्नका लागि नेपाली काँग्रेस संसदीय दलले माग गरेको छ ।