काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य भरत बम नेपालगञ्जबाट पक्राउ परेका छन् । उनको साथबाट विष्फोटक पदार्थसमेत बरामद भएको बाँकेका प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलले जानकारी दिए । उनी नेकपाका पश्चिम कमाण्डका प्रभावशाली नेता हुन् ।


ADVERTISEMENT


सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि प्रहरीले नेकपाका नेता–कार्यकर्ता खोज्न ‘सर्च एण्ड अरेस्ट अपरेसन’ तिव्र पारेको थियो । यसअघि अपराध महाशाखाको टोलीले नेकपाका मध्य कमान्डर तथा पोलिटब्युरो सदस्य हेमन्त प्रकाश वली ‘सुदर्शन’ लाई काभ्रेबाट पक्राउ गरेको थियो ।


ADVERTISEMENT

# # #