भक्तपुरको लोकन्थली र काठमाडौँको कोटेश्वरमा हुने बढ्दो जाम घटाउने उद्देश्यले निर्माण हुन लागेको भक्तपुर काठमाडौँ जोड्ने ‘मनोहरा कोरिडोर विधाननगर बेलिब्रिज’ पुलको मंगलबार शिलान्यास गरिएको छ । प्रतिनिधीसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले बेलिब्रिज पुलको शिलन्यास गरेका हुन् ।


ADVERTISEMENT


नेकपाका केन्द्रीय सदस्य समेत रहेका सांसद बस्नेतले कोटेश्वर चोकसँगै जडीबुटी लोकन्थली चोक तथा त्यस क्षेत्रमा हुने ट्राफिक जामलाई नियन्त्रण गर्नका बेलिब्रिज सहयोगी हुने बताए । सो पुल निर्माण सम्पन्नसँगै ललितपुरतर्फ जाने यातायातका साधनलाई यहीँबाट डाइभर्सन गर्न सकिने उल्लेख गर्दै कोटेश्वरमा सुरुङ मार्ग निर्माण सम्पन्न गर्नसके यो क्षेत्रको सबै जाममुक्त हुनेमा उनको जोड थियो ।


ADVERTISEMENT

# # #


सरकारले आगामी वर्ष यहीँ ठाउँमा अर्को पुल निर्माण गर्ने जानकारी गराउँदै उनले त्यसपछि स्थायी रुपमा सवारी जाम हटाउन सहयोग पुग्ने बताए । मध्यपुरथिमि थिमि नगरपालिकाप्रमुख मदनसुन्दर श्रेष्ठले पहुँच हुने नेता र मन्त्रीका दैलोसम्म सडक कालोपत्र हुने तर जनता हिँड्ने सडक सधैँ धुलाम्मे हुने परम्पराको अन्त्य हुनुपर्नेमा जोड दिए ।

सांसद बस्नेतकै पहलमा जडीबुटी र कोटेश्वरको जामलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ वैकल्पिक मार्ग जडीबुटीदेखि बालकुमारीसम्मको करिडोर सञ्चालन गर्ने उद्देश्यले मनोहरा नदी किनारामा रहेको आँखा अस्पतालसँगै मध्यपुरथिमि–१ र काठमाडौँ महानगरपालिका–३५ जडीबुटी नरेफाँट जोड्ने उक्त पुल रु एक करोड ५६ लाखको लागतमा आगामी जेठ महीनाभित्र निर्माण सम्पन्न गरिने भएको छ । रासस